सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लाइसेन्सका लागि ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ

लाइसेन्सका लागि ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- प्रहरीले मध्यपुरथिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपाङ्ग्र्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।  

कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

प्रहरीले शाहीको कोठामा खानतलासी गरी एसर कम्पनीको ल्यापटप एक थान, प्रिन्टर एक थान, स्ट्याम्प प्याड तीन थान, सहायक अधिकृत लेखिएको छाप एक थान, कर्णाली काठमाडौँ सार्वजनिक यातायात व्यवस्था समिति, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, विभिन्न मानिसका नामको २३ पानाको सवारी चालक बनाउन प्रयोग हुने कागजपत्र, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, वाग्मती, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, क्यालकुलेटर एक थान बरामद गरेको छ ।

त्यसैगरी, रातो मसीले लेखिएको विभिन्न मानिसको नाम भएको रगतको समूह छुट्याउने पेपर एक थान, विभिन्न मानिसको नामको यातायात व्यवस्था कार्यालयको नगदी रसिद चार थान, स्क्यानर तथा फोटोकपी मेशिन एक थान, सवारीसाधनसम्बन्धी कागजात भएको रेकर्ड एक थान, लेमिनेसन मेशिन एक थान, विभिन्न जिल्लाबाट विभिन्न व्यक्तिको नाममा जारी गरिएको नागरिकता १४ थान, यातायत व्यवस्था कार्यालयको नगदी रसिद १६ थान, विभिन्न मानिसका नामको हिसाबकिताब लेखिएको रजिष्टर, प्रमुख जिल्ला अधिकारी लेखिएको पत्र, छापसहित कम्प्यूटर पेपर १०५ पाना, नागरिकता तथा लाइसेन्स बनाउन प्रयोग हुने सेतो पेपर तीन थानसमेत बरामद भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको र शाहीलाई सरकारी छाप कीर्ते कारबाहीमा अघि बढाइने प्रनि पाण्डेले बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।