मंगलबार, असार ३०, २०८३

चितवनमा ट्रक र माइक्रो ठोक्कियो, ३ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन-  चितवनको पृथ्वी राजमार्गमा पर्ने चुमलिङ्‍टारमा ट्रक र माइक्रोबस एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

पोखराबाट काठमाडौंतर्फ गइरहेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको ना ६ ख ४०६४  नम्बरको ट्रक शुक्रबार बिहान करिब साढे ७ बजे चुमलिङ्टारमा एकआपसमा ठोक्किएका हुन् । 

घाइते सातमध्ये चार अवस्था गम्भिर रहेको चितवन ट्राफिक प्रहरी विश्व नेपालले बताए । उनका अनुसार इलाका प्रहरी र ट्राफिक प्रहरी मुग्लिनले उनीहरुको उद्दार गरेर सबैलार्इ चितवनको भरतपुर अस्पताल ल्याइँदै छ । 

ट्रकको स्टेरिङ्ले काम नगरेपछि ठोक्किएको चालकले बताएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट पचास मिटर तल त्रिशुलीमा खसेको ट्राफिक प्रहरी विश्व नेपालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।