मंगलबार, असार ३०, २०८३

आजका अखबारः चीनसंग दर्जन सम्झौता हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विश्वकप फुटबल सुरु भएको प्रसङ्ग र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

कान्तिपुर, नागरिक, अन्नपूर्णलगायत सबैजसो दैनिक अखबारहरुले विश्वकप फुटबलको उद्घाटनको तस्विर सबैभन्दा माथि राखेर छापेका छन् भने विश्वकपको खबरलाई खेलकुद पृष्ठमा राखेका छन् । 

विश्वकप फुटबलसंगै आजका पत्रपत्रिकाले प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई मुख्य समाचारका रुपमा प्रकाशित गरेका छन् ।

यसैगरि चालु आर्थिकवर्षको ११ महिना सकिदा पुँजीगत बजेट आधा पनि खर्च नभएको, स्थानीय तहले कर्मचारी फिर्ता पठाउन थालेको लगायतका विषयलाई पनि पत्रिपत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा छापेका छन् । 

आजको नयाँ पत्रिकाले कुन प्रदेशको बजेट कस्तो आउँदैछ भन्ने विषयमा मुख्य समाचार लेखेको छ भने प्रधानमन्त्री ओली मन्त्रीहरुको अनुगमन गर्ने तयारीमा रहेको विषयलाई प्राथमिकतामा पारेको छ । कारोबार दैनिकले सत्तापक्षले नै मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएको विरोध गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणः यस्ता छन् एजेन्डा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबर अनुसार प्रधानमन्त्री केपी ओलीको असार ५ गते सुरु हुने चीन भ्रमणमा पुरानै एजेन्डाले प्राथमिकतामा पाउने भएका छन् ।

भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणमा पुरानै सहमतिका एजेन्डालाई प्राथमिकता दिइने जानकारी दिए ।

भ्रमणमा चीनसँग पुराना सहमति कार्यान्वयनसँगै सहकार्यका नयाँ क्षेत्र पनि पहिल्याउने मन्त्री ज्ञवालीले बताए । ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनसँग सम्बन्धित विषयमा पनि प्रधानमन्त्रीको भ्रमणमा सहमति हुने उनले जानकारी दिए ।

हिमालय एयरलाइन्सको विमानबाट चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङका साथै त्यहाँका शीर्ष नेताहरूसँग उच्चस्तरीय भेटवार्ता भने ७ असारमा हुने भएको छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि, प्रधानमन्त्री ली खछ्यिाङलगायत नेतासँग उच्चस्तरीय भेटवार्ता गर्ने छन् ।

सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाली दूतावासले बेइजिङमै मैत्रीपूर्ण दौड आयोजना गर्ने भएको छ । कार्यक्रममा सहभागी हुने व्यक्तिसम्बन्धमा भने परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएन ।

प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रबीच कृषि र ऊर्जा विकाससम्बन्धी सम्झौता हुने भएको छ । बुटवल पावर कम्पनी र चीनको सिचुवान प्रान्तको एससीआईजी कम्पनीबीच मस्र्याङदी नदीमा निर्माण हुने क्यास्केट आयोजनाअन्तर्गत दुई आयोजनाबाट कुल १ हजार मेगावाट बिजुली उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

कर्मचारी फिर्ता गर्दै स्थानीय तह

नागरिक दैनिकमा प्रकाशित खबर अनुसार स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला केही स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्।

उपसचिव तहका कर्मचारी फिर्ता गरी ती स्थानीय तहले प्रशासकीय अधिकृतका रूपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनियमितता ढाक्न स्थानीय तहले कर्मचारी फिर्ता पठाएको आशंका गर्दै यसलाई गम्भीर रुपमा लिएको छ।

रौतहटको राजपुर नगरपालिकाका मेयर मा.सकिल अख्तरले केन्द्रबाट पठाइएका प्रशासकीय अधिकृत गोपालमान श्रेष्ठ नगरपालिकामा आवश्यक नरहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन्।

यस्तै मुगुको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले पनि मन्त्रालयबाट खटिएका उपसचिव पीताम्बर सारुलाई केन्द्रमै राख्न आग्रह गरेका छन्।

उपचसचिव तहका कर्मचारी नगरपालिकामा आवश्यक नभएको उनले मन्त्रालयमा पठाएको निवेदनमा उल्लेख छ।

उक्त नगरपालिकामा विद्यालय निरीक्षक (विनि) ललितजंग मल्लले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। नगरपालिकामा कर्मचारी अभाव भएपछि मुगु जिल्ला प्रशासनले तत्काल काम चलाउन विनिलाई खटाएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।