शुक्रबार, कात्तिक २८, २०८२

दक्षिण भारतीय फिल्म उद्योगका पाँच चर्चित विवाहाेत्तर सम्बन्ध

साउथ इन्डियन फिल्म इन्डस्ट्री विश्वकै ठूला फिल्म इन्डस्ट्रीमध्येमा पर्छ। यहाँ असाध्यै ठूलो बजेटका फिल्म पनि बन्छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– साउथ इन्डियन फिल्म इन्डस्ट्री विश्वकै ठूला फिल्म इन्डस्ट्रीमध्येमा पर्छ। यहाँ असाध्यै ठूलो बजेटका फिल्म पनि बन्छन्। ठूलो व्यापार गर्छन्। साउथ इन्डियन फिल्म स्टारको चमकधमक पनि हेर्नलायक छ।

National life

रजनीकान्त, प्रभास, धनुषदेखि अहिलेका सुपरहिट विजय देवेराकोण्डा अनि काजोल अग्रवालदेखि रश्मिका मण्डनासम्मका करोडौं फ्यान फलोइङ छन्। 

अहिले भने हामी साउथ इन्डियन स्टारका विवाहाेत्तर सम्बन्धको चर्चा गर्दैछौं। 

१) धनुष–श्रुती हसन

थ्री नामक फिल्मको सुटिङका क्रममा यी दुईबीच प्रेम सम्बन्ध भएको बताइन्छ। सुटिङमा यी दुईले कथाले मागेको भन्दा पनि बढी रोमान्टिक सिन दिएको प्रत्यक्षदर्शीहरुले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। यो खबर फिल्म इन्डस्ट्रीमा जंगलको आगोझैं फैलिएको थियो। फिल्मकी निर्देशकसमेत रहेकी धनुषकी पत्नी ऐश्वर्याले भने यो कुरालाई अस्वीकार गरेकी छन्। 

Laxmi sunrise bank
kumari

२) नागार्जुना–तब्बू

अमालासँग वैवाहिक बन्धनमा बाँधिएपछि नागार्जुना तब्बूसँग प्रेममा परेका थिए। यो जोडीले करिब १५ वर्ष डेट ग¥यो। यसका कारण उनको सम्बन्ध पत्नीसँग बिग्रेको थियो। पछि फेरि नागार्जुनाको सम्बन्ध पत्नी अमालासँग सुध्रियो र तब्बूसँग टाढा भए। 

३) प्रभु देवा–नयनतारा

प्रभु देवाले पत्नी रामलतासँगको १५ वर्षे वैवाहिक सम्बन्ध सन् २०१० मा टुंग्याएका थिए। डिभोर्सको मुख्य कारण प्रभु देवाको नयनताराको सम्बन्ध नै रहेको पत्नी रामलताले बताएकी थिइन्। प्रभु र नयनताराले करिब साढे ३ वर्ष डेट गरेका थिए। उनीहरुले सन् २००९ मै बिहे गर्ने बताइएको थियो, तर गरेनन्। 

४) कमल हसन–गौतमी

कमल हसन आफ्नी प्रेमिका सारिकासँग करिब १६ वर्ष लिभ–इन रिलेसनसिपमा रहे। यसै क्रममा कमलको हिमचिम गौतमीसँग बढ्यो। त्यसपछि सारिकाले कमललाई छाडिदिइन्। सारिकाले छाडेपछि कमल गौतमीसँग  लिभ–इन रिलेसनमा बसेका थिए। एक दशकभन्दा बढी सँगै रहेपछि उनीहरु पनि छुट्टिए। 

५) कुमार सानु–मीनाक्षी

अभिनेतृ मीनाक्षी सेसाद्रीलाई भेट्नेबित्तिकै कुमार मन्त्रमुग्ध भएका थिए। त्यतिबेला उनले रिता भट्टाचार्यसँग बिहे गरिसकेका थिए। रिता आफैंले पतिको लभ अफेयरबारे धेरै ठाउँमा बोलिसकेकी छन्। 

प्रकाशित: Jun 01, 2021| 15:15 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्