मंगलबार, असोज १३, २०८३

कोभिड-१९ खोप लाउनेलाई १६ करोडको फ्ल्याट!

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको र सर्वसाधारणलाई खोपप्रति आकर्षित गर्न यस्तो अफर ल्याइएको हो।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

हङकङ- हङकङमा कोरोना भाइरसविरुद्धको खोपप्रति आर्कषित गर्न करिब १६ करोड मूल्य पर्ने फ्ल्याट दिइने घोषणा गरिएको छ। सरकारले चिठ्ठा प्रणालीमार्फत् १६ करोड (१४ लाख अमेरिकी डलर)को फ्ल्याट दिने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले समाचार प्रकाशन गरेको छ। 

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको र सर्वसाधारणलाई खोपप्रति आकर्षित गर्न यस्तो अफर ल्याइएको हो।

सिनो ग्रुपको एनजी टेक फोङ च्यारिटेबल फाउन्डेसनसँगको सहकार्यमा चीनको स्टेट होल्डिङ लिमिटेडले फ्ल्याट दिने घोषणा गरेको हो। 

यो चिठ्ठा प्रणालीमा भाग लिन दुवै चरणको खोप लगाएको व्यक्ति हुनुपर्ने छ। विजेताले ४४९ वर्ग फिट क्षेत्रफलमा फैलिएको फ्ल्याट पाउने छन्।

हङकङको कुल जनसंख्याको १२.६ प्रतिशतले मात्रै कोभिड–१९ विरुद्धको खोप लगाएका छन। यहाँको जनसंख्या करिब ७५ लाख छ।
 

प्रकाशित: May 30, 2021| 14:27 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।