आइतबार, वैशाख २७, २०८३

डिजिटल डेब्यूको तयारीमा आलिया ?

बलिउड सेलिब्रेटीहरु धमाधम डिजिटल प्लेटफार्ममा प्रवेश गरिरहेका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– बलिउड सेलिब्रेटीहरु धमाधम डिजिटल प्लेटफार्ममा प्रवेश गरिरहेका छन्। सैफ अली खान, नवाजुद्दिन सिद्दीकी, पंकज त्रिपाठीपछि अजय देवगन पनि जुलाईबाट ‘रुद्रा’ नामक वेब शोको सुटिङ सुुरु गर्ने तयारीमा छन्। ऋतिक रोशन पनि ‘न नाइट म्यानेजर’को रिमेकबाट डिजिटलको दुनियाँमा डेब्यु गर्दैछन्। 

National life

योसँगै अर्को नयाँ खबर के पनि थपिएको छ भने अभिनेत्री आलिया भट्ट पनि डिजिटलमा डेब्यु गर्ने तयारीमा छिन्। खबरअनुसार ‘मसाबा मसाबा २’बाट उनी डिजिटल प्लेटफार्मको दुनियाँमा छिर्दैछिन्। 

विनियार्ड फिल्म्सको तर्फबाट अश्विनी यार्डीको टिमले आलियालाई यो प्रस्ताव गरेका हुन्। वेब सिरिजको पछिल्लो सिजनमा कियारा आडवाणीले केमियो गरेका थिए। सूत्रका अनुसार यसपटक विनियार्ड र नेटफ्लिक्स आलियालाई बोर्डमा ल्याउन जुटेका छन्। आलियाको अलावा यो सिरिजमा अनिल कपुर र जैकी श्राफ पनि देखा पर्दैछन्। 

महामारीले फिल्म क्षेत्र नथलिएको भए यतिखेर आलिया विशाल भारद्धाजको अगाथा क्रिस्टीको रचनामा आधारित फिल्मको सुटिङमा व्यस्त भइरहेकी हुन्थिन्।

आलियाको ‘गंगुबाई’को सुटिङ पनि अहिले रोकिएको अवस्था छ। यही खाली समयमा उनलाई डिजिटल प्लेटफार्मबाट प्रस्ताव पुगेको हो। तर, आलियाले यो प्रस्ताव स्वीकार गर्छिन्–गर्दिनन्, आधिकारिक धारणा आउन बाँकी नै छ।

प्रकाशित: May 30, 2021| 08:17 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्