शुक्रबार, कात्तिक २८, २०८२

प्रियंकाको घैंटोमा घाम लागेको हो?

संसारभर महामारीविरुद्धको लडाइँमा सेलिब्रेटीहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन्। तर, नेपालमा भने आफूलाई ‘स्टार’ कलाकार दाबी गर्नेहरु पनि मौन देखिन्छन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– संसारभर महामारीविरुद्धको लडाइँमा सेलिब्रेटीहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन्। तर, नेपालमा भने आफूलाई ‘स्टार’ कलाकार दाबी गर्नेहरु पनि मौन देखिन्छन्। 

National life

केही दिनअघि कमेडियन आदर्श मिश्राले एक भिडियोमार्फत मौन कलाकारहरुमाथि व्यंग्य नै गरेका थिए। यो महामारीमा हाम्रो देशका कलाकारहरु कहाँ छन् भनेर उनले एक भिडियो बनाएका थिए। जहाँ उनले अभिनेत्री प्रियंका कार्कीलाई व्यंग्य गर्दै भनेका थिए, ‘हाम्रो देशका कलाकारहरु यतिखेर चपचप डायरिज बनाउन व्यस्त हुनुहुन्छ।’ 

हुन पनि हो, आफ्नो साढे दुई मिलियन फलोअर्स भएको पेजबाट प्रियंका यो महामारीको समयमा कुनै हेल्पपोस्ट सेयर गरिरहेकी छैनन्, ‘चपचप डायरिज’ का एपिसोड र ‘बेबी बम्प’ तस्बिरमात्रै सेयर गरिरहेकी छिन्। ‘चपचप डायरिज’ प्रियंकाको ‘कुकिङ सिरिज’ हो। 

महामारीको समयमा पनि आफ्ना दर्शक र प्रशंसकप्रति कुनै चिन्ता र जिम्मेवारीबोध नगरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको थियो। सायद त्यही आलोचनाले दुखेर होला, प्रियंकाले कोरोनाको दोश्रो लहर फैलिएको लामो समयपछि महामारीलक्षित अभिव्यक्ति सार्वजनिक गरेकी छिन्। 

उनले अहिलेको अवस्थामा देश र जनतालाई चुनाव नचाहिएको भन्दै लेखेकी छिन्, ‘अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझ्नुस्। ४० अर्ब अक्सिजन सिलिन्डर, आइसियू वार्ड, भेन्टिलेटर, हेल्थ केयर सिस्टम आदिमा खर्च गर्नुस्। यो प्राथमिकतामा परे जनता खुशी पनि हुन्थे, राहत पनि मिल्थ्यो।’

Laxmi sunrise bank
kumari

चुनावको तयारीमा रहेको सरकारलाई उनले थप आग्रह गर्दै लेखेकी छिन्, ‘चुनावमा भोटको आशा गर्ने ए सरकार, पहिले भोट पाउन लायक काम त देखाउनुस्।’

प्रियंकाको यो स्टाटस आएपछि धेरै प्रशंसकले ‘बल्ल बोल्नुभएछ’ भन्दै धन्यवाद प्रकट गरिरहेका छन्। एक प्रशंसक अमृता बुढाथोकीको प्रतिक्रिया छ, ‘के यिनी हिरोइन बोल्दैछिन्? हैन, यो त फेक आइडी हो क्यार! यदि यो रियल पोस्ट हो भने देश र जनताको बारेमा बोल्न थालिछैं। धन्यवाद भन्छु ल पिंकु। ’

अधिकांश प्रशंसकहरुको प्रतिक्रिया छ, ‘ढिलै भए पनि प्रियंकाको घैंटोमा घाम लागेछ।’

प्रकाशित: May 29, 2021| 08:27 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्