शुक्रबार, कात्तिक २८, २०८२

‘मिसन इम्पोसिबल ७’ मा टम क्रुजसँग देखिँदै ‘बाहुबली’का प्रभास

‘बाहुबली’ अभिनेता प्रभास हलिउड सुपरस्टार टम क्रुजसँगै हलिउडको चर्चित फिल्म ‘मिसन इम्पोसिबल’को सातौँ सिरिजमा महत्वपूर्ण भूमिकामा देखिने भएका हुन्। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास हलिउड फिल्ममा देखिने भएका छन्। रिपोर्टका अनुसार ‘बाहुबली’ अभिनेता प्रभास हलिउड सुपरस्टार टम क्रुजसँगै हलिउडको चर्चित फिल्म ‘मिसन इम्पोसिबल’को सातौँ सिरिजमा महत्वपूर्ण भूमिकामा देखिने भएका हुन्। 

National life

हालै सोसियल मिडियामा यो खबर भाइरल भइरहेका बेला फिल्मका निर्देशक क्रिस्टोफर म्याकेरीले एक पोस्ट सेयर गर्दै यसको सत्यता पुष्टि गरेका हुन्।

प्रभासको एक फ्यानको प्रश्नको जवाफ दिँदै निर्देशक मैकेलीले लेखेका छन्, ‘प्रभास निकै प्रतिभाशाली व्यक्ति हो तर हामीले कहिल्यै भेटेनौँ। इन्टरनेटमा तपाईंलाई स्वागत छ।’

‘मिसन इम्पोसिबल’ सिरिजको पछिल्लो फिल्ममा अनिल कपुरले छोटो भूमिका निर्वाह गरेका थिए। उनी चाँडै धनुष फिल्म ‘द ग्रेट म्यान’मा देखापर्दैछन्। त्यस्तै प्रियंका चोपडा पनि चाँडै ‘म्याट्रिक्स ४’मा देखिँदैछिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 27, 2021| 08:25 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्