आइतबार, वैशाख २७, २०८३

टेलिभिजनमा 'डेब्यू' गर्ने तयारीमा रणवीर सिंह

यो शोको फर्मेट अमितोभ बच्चनको शो ‘कौन बनेगा करोडपति’जस्तै हुने बताइएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

National life

काठमाडौं- अभिनेता रणवीर सिंह पहिलोपल्ट 'होस्ट' बनेर टेलिभिजनको पर्दामा देखिने भएका छन्। 'क्विज रियालिटी शो' होस्ट गर्ने तयारीमा रणवीर रहेको भन्दै दैनिक भाष्कर समाचार प्रकाशन गरेको छ। 

यो शोको फर्मेट अमितोभ बच्चनको शो ‘कौन बनेगा करोडपति’जस्तै हुने बताइएको छ। भारतीय मिडियाहरूमा यो खबर सार्वजनिक भइरहेपनि आधिकारिक रूपमा सार्वजनिक भने भएको छैन। 

यसैबीच रणवीर निर्देशक अलौकिक देसाइको फिल्म ‘सीता’मा रावणको भूमिका निर्वाह गर्ने चर्चा पनि चलिरहेको छ। यो फिल्ममा करिना कपुर र आलिया भट्ट पनि लिड रोलमा देखिँदैछन्।

प्रकाशित: May 27, 2021| 08:16 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्