शुक्रबार, कात्तिक २८, २०८२

रामकृष्ण ढकालले अक्सिजन व्यवस्थापनमा सहयोग गर्न १८ लाख पठाए

'करिब १८ लाख नेपाली रुपैयाँ विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु,' अमेरिकामा रहेका ढकालले फेसबुकमा उल्लेख गरेका छन्। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- गायक रामकृष्ण ढकालले नेपालमा अक्सिजन अभाव भएकाले व्यवस्थापनमा सहयोग गर्न १८ लाख रुपैयाँ पठाएका छन्। सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकालले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग रकम पठाएका हुन्। अमेरिकामा रहेका नेपाली तथा नेपालीभाषी भुटानीहरूको सहयोगमा संकलित उक्त रकम आविष्कार केन्द्रलाई पठाइएको ढकालले जानकारी दिएका छन्। 

National life

'करिब १८ लाख नेपाली रुपैयाँ विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु,' अमेरिकामा रहेका ढकालले फेसबुकमा उल्लेख गरेका छन्। 

नेपालमा हवाई उडानमा लगाइएको प्रतिबन्धका कारण सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल उतै रोकिएका छन्। 'सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु,' उनले लेखेका छन्। 

यस्तो छ गायक ढकालको स्टाटस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 27, 2021| 08:04 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्