शुक्रबार, कात्तिक २८, २०८२

सुगम पोखरेलको 'तिमीलाई भनु म' सार्वजनिक

गायक सुगम पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म' जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - गायक सुगम पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म' जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।

National life

'कसरी भनूँ तिमीलाई' बोलको यस गीतमा शब्द-संगीत रिकेश गुरुङको छ।  गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन्। 

सदिक्षा र अनुराजले अभिनय गरेको  भिडिओको सम्पादन पनि सुरजले नै गरेका हुन्। यो मेलोडियस गीतको भिडिओमा गायक सुगम पोखरेल र भिडिओ निर्देशक सुरज पनि देखिन्छन्। 

दर्जनौं म्युजिक भिडिओ निर्देशन गरेका सुरज उदेश श्रेष्ठको 'किन मायामा', रीजा उप्रेतीको 'अँगालोमा बाँध न', सिजन्स ब्यान्डको 'सुनेको कुरा' जस्ता गीत चर्चित छन्। करिब आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले बिस्तारै पुन: म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाउने जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 27, 2021| 05:51 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्