शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नीता ढुंगाना भन्छिन्- महामारीमा कुर्सीको लडाईं भइरहेको छ, म किन यो देशमा जन्मिएँ होला!

नीता ढुंगाना भन्छिन्- महामारीमा कुर्सीको लडाईं भइरहेको छ, म किन यो देशमा जन्मिएँ होला!

महामारीमा कुर्सीका लागि लडाईं भएको तर जनताको स्वास्थ्य र जीवनप्रति नेताहरूलाई कुनै पर्वाह नभएको भन्दै उनले दुखेसो पोखेकी हुन्। 'मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ,' उनले लेखेकी छन्,' यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ।'
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- नायिका नीता ढुंगानाले यो देशमा जन्मिएकोमा पछुतो लागेको भाव व्यक्त गरेकी छन्। फेसबुकमा स्टाटस लेख्दै नायिका ढुंगानाले यस्तो भाव व्यक्त गरेकी हुन्। 

National life

महामारीमा कुर्सीका लागि लडाईं भएको तर जनताको स्वास्थ्य र जीवनप्रति नेताहरूलाई कुनै पर्वाह नभएको भन्दै उनले दुखेसो पोखेकी हुन्। 'मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ,' उनले लेखेकी छन्,' यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ।'

कोरोनाविरुद्धको लडाईं लडिरहेका बेला देशले आफूलाई लात हानेको आभाष भएको उनको भनाइ छ। 'मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ। कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो।' 

आइसियू र अक्सिजन व्यवस्थापना नहुँदा आफ्ना नजिकका आफन्तले ज्यान गएको भन्दै नायिका ढुंगानाले यस्तो दुखेसो गरेकी हुन्। 'सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला,' ढुंगानाको स्टाटसमा लेखिएको छ। 

नायिका ढुंगानाको स्टाटस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2021| 09:22 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्