शुक्रबार, वैशाख २१, २०८१

जुट्न थाल्यो फिल्म प्राविधिकलाई सहयोग

कलाकार निर्मल शर्माले कोरोना महामारीका कारण समस्यामा परेका फिल्म प्राविधिकका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - कलाकार निर्मल शर्माले कोरोना महामारीका कारण समस्यामा परेका फिल्म प्राविधिकका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। 

triton college

लक्ष्मी प्रतिष्ठानसँग सहयोग जुटाएर आफूले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई रकम हस्तान्तरण गरेको शर्माले बताए। ‘महामारीका कारण यतिखेर चलचित्र प्राविधिकहरु निकै अप्ठेरोमा परेका छन्, उनीहरूलाई हामीले आफ्नो गच्छेअनुसार जेजति हुन्छ, सहयोग गर्नु हामी सबै फिल्मकर्मीको दायित्व हो,’ उनले भने।

त्यस्तै नेपाल समयले स्पटब्वाय राजु फुयाँलबारे स्टोरी लेखेपछि फिल्म निर्देशक दिनेश डिसीले उनको घरमै पुगेर खाद्यन्न सहयोग गरेको फुयाँलले जानकारी दिएका छन्। 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अति विपन्न फिल्म प्रविधिकहरूलाई फिल्मकर्मीले सहयोग गर्ने क्रम बढिरहेको छ। कलाकारहरू विजय लामा, सुमिना घिमिरेलगायतले सहयोग गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: May 26, 2021| 05:40 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्