शुक्रबार, कात्तिक २८, २०८२

राजेश हमालको असन्तुष्टि– महामारी नियन्त्रणमा सरकार किन उदासीन?

अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। 

National life

तर, आइतबार हमालले ८ मिनेट १० सेकेन्डको भिडियो पोष्ट गर्दै कोरोना महामारी रोकथामका लागि नेपालको राजनीति उदासीन रहेको टिप्पणी गरेका छन्। उनले राजनीतिक दल र सरकारका कृयाकलापप्रति असन्तुष्टि जनाउँदै भनेका छन्–‘बेलायतको संसदमा नेपालले कोरोना भाइरसका कारण भोगिरहेको विपत्तिको विषयमा चर्चा चल्यो। तर हाम्रो संसदमा किन यो विषयको चर्चा मैले सुनिनँ।’ 

हमालले नेपाल सरकारले अहिलेको महामारीमा गम्भीरतापूर्वक काम नगरेको पनि गुनासो गरेका छन्। ‘विश्वले नेपालको बारेमा यो किसिमले चासो लिएको छ तर हाम्रो सरकार यो महामारीको विषयमा रत्तिभर पनि चिन्तित रहेको महसुस भएको छैन। हामी आफैं हाम्रो विषयमा चिन्तित छैनौं भन्ने सन्देश बाहिर गयो भने उनीहरूले हाम्रो जेजति चिन्ता गरिरहेका छन् त्यो किन गर्छन्?’  

त्यसैले हमालले सरकारलाई महामारीमा केन्द्रित हुन पनि आग्रह गरेका छन्। यसका लागि चाँडोभन्दा चाँडो खोप लगाउने दिशामा अगाडि बढ्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 24, 2021| 11:32 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्