शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • रेखा थापाको आक्रोश– लासहरुले पनि नछुने पापी व्यवस्थामा राजनीति झन् घृणित भयो

रेखा थापाको आक्रोश– लासहरुले पनि नछुने पापी व्यवस्थामा राजनीति झन् घृणित भयो

कोरोना महामारीकै बीच संसद् विघटन गरेर चुनावको मिति तोकिएपछि अभिनेत्री रेखा थापाले कडा टिप्पणी गरेकी छिन्। सरकार फेर्दैमा वा चुनाव गर्दैमा हाम्रो यथार्थ नफेरिने उनको टिप्पणी छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कोरोना महामारीकै बीच संसद् विघटन गरेर चुनावको मिति तोकिएपछि अभिनेत्री रेखा थापाले कडा टिप्पणी गरेकी छिन्। सरकार फेर्दैमा वा चुनाव गर्दैमा हाम्रो यथार्थ नफेरिने उनको टिप्पणी छ। 

‘देश कोरोनाको वैश्विक महामारी कहालीलाग्दो आतंकमा परेको छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘मानव जाति र महामारीबीचको लडाइँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै छ। नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वास त पाएकै छन् (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्थ फेरिँदैन।’

व्यक्ति केन्द्रित राजनीतिले जनतालाई सधैं निरिह बनाउने उनको तर्क छ। ‘यस्तो बेलामा पदको पछाडि होइन, आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनुपर्ने होइन र? लाखौं मान्छेले मत दिएका माननीय अनि पार्टीहरु– गुनासो र गाली गर्ने चौतारो हुन्? लासहरुले पनि हृदय नछुने पापी व्यवस्थामा अब राजनीति झन् घृणित हुने देखिन्छ। यिनै अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो? जनताको रक्षाको लागि यिनिहरुले आफ्नो–आफ्नो पालामा के के गरेका थिए? अस्पातल र स्वास्थ्य प्रणाली यस्तो बनाउन कोको जिम्मेवार छन्? हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनुपर्छ। जनताले आफ्नो धैर्यताको सिमा तोड्ने बेला आएन र?’

प्रकाशित: May 23, 2021| 11:03 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्