आइतबार, वैशाख २७, २०८३

बंगाली रियालिटी शोमा निर्णायक बने गोविन्दा 

बलिउड अभिनेता गोविन्दा अब बंगाली डान्स रियालिटी शोमा निर्णायकको भूमिकामा देखिने भएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

National life

काठमाडौं– बलिउड अभिनेता गोविन्दा अब बंगाली डान्स रियालिटी शोमा निर्णायकको भूमिकामा देखिने भएका छन्। ‘डान्स बंगाल डान्स’को ११ औं सिजनमा उनी निर्णायकको भूमिकामा देखिने भएका हुन्। 

शोको प्रिमियर शनिबार जी बंगलाबाट भइसकेको छ। गोविन्दासँगै बंगाली स्टार जीत र शुभाश्री पनि यो रियालिटी शोको निर्णायक छन्। नयाँ यात्रा, नयाँ स्टेज र नयाँ अवतारलाई लिएर गोविन्दा उत्साहित छन्। ‘यो शोको एनर्जी लेभलले मलाई उत्साहित बनाएको छ र जब मेरो कामले मलाई अघि बढ्न प्रेरित गर्छ, मलाई खुशी लाग्छ,’ गोविन्दाले दैनिक भाष्करसँग भनेका छन् । 

यो शोलाई बंगाली एक्टर अंकुश र विक्रम चटर्जीले होस्ट गरिरहेका छन् ।

प्रकाशित: May 23, 2021| 08:16 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्