शुक्रबार, वैशाख २१, २०८१

संस्कृतमा रक संगीत 'जीवनं क्षणभङ्गुरम्' सार्वजनिक

'जीवनं क्षणभङ्गुरम्' बोलको गीतमा स्वर र संगीत सच्चिदानन्द पौडेलको छ भने गीतलेखन र निर्देशन के एन् स्वामीले गरेका हुन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं– संस्कृत भाषामा ‘रक म्युजिक’ सार्वजनिक गरिएको छ। संस्कृत भाषामा रहेका महत्त्वपूर्ण विषयलाई व्यावहारिक रुपमा प्रयोग बढाउने अभियानमा सक्रिय के एन् स्वामीले ‘रक संगीत’ निर्माण गरी युट्युबमार्फत सार्वजनिक गरेका हुन्। 'जीवनं क्षणभङ्गुरम्' बोलको गीतमा स्वर र संगीत सच्चिदानन्द पौडेलको छ भने गीतलेखन र निर्देशन के एन् स्वामीले गरेका हुन्। यस्तै संगीत संयाेजन रुपेश  रिजालले गरेका हुन्।

triton college

संस्कृत भाषाका गीतलाई आधुनिक पश्चिमी संगीतमा पनि गाउन सकिन्छ र यसबाट मनोरञ्जन लिन सकिन्छ भन्ने उद्देश्यले रक संगीत तयार पारिएको के एन् स्वामी बताउँछन्। उनी भन्छन्, ‘संस्कृतमा शास्त्रीय संगीतको कुरा मात्र छ। यसलाई आधुनिक र सामयिक बनाउन खोजिएको हो। संस्कृतलाई आधुनिकीकरण गर्ने र अहिलेका गीतसंगीतमा संस्कृत भाषाका गीतलाई संयोजन गर्ने मेरो लक्ष्य हो।’ 

‘संस्कृतमा शास्त्रीय संगीतको कुरा मात्र छ। यसलाई आधुनिक र सामयिक बनाउन खोजिएको हो। संस्कृतलाई आधुनिकीकरण गर्ने  र अहिलेका गीतसंगीतमा संस्कृत भाषाका गीतलाई संयोजन गर्ने मेरो लक्ष्य हो।’ 

आधुनिक गीतका ढाँचामा पनि संस्कृतका गीत गाउन सकिने स्वामीको भनाइ छ। उनी भन्छन्, ‘आधुनिक रक संगीतबाट जति आनन्द लिन सकिन्छ। यसबाट पनि यस्तै आनन्द लिन सकिन्छ।’ संगीत जुन भाषाको भए पनि त्यसको विशेष आनन्द हुने भन्दै उनले यस्ता प्रयासबाट संस्कृत भाषाको प्रचार र पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। संस्कृतका कठिन श्लोक पनि संगीतमा संयोजन गरेपछि जोकसैका लागि प्रिय हुने उनको भनाइ छ। 

यसअघि के एन् स्वामीको पहलमा राजनराज शिवाकोटीको फूलबुट्टे सारी... बोलको गीत संस्कृतमा सार्वजनिक भइसकेको छ। यस्तै स्वामीले संस्कृत–नेपाली–हिन्दी–अंग्रेजी भाषामा शब्दकोशको एप निर्माण गरेका छन् भने संस्कृत व्याकरण र वेदका व्यावहारोपयोगी कृतिहरुले लेखेका छन्। स्वामीले युट्युब च्यानलबाट संस्कृत भाषाको अध्यापन गराउँदै आएका छन्।

corrent noodles
Metro Mart

 

प्रकाशित: May 22, 2021| 14:51 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्