शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सुरक्षाको स्वीकारोक्ति : हुबहु कपी गरिएको फिल्ममा काम गर्न पुगेकोमा मलाई खेद छ

सुरक्षाको स्वीकारोक्ति : हुबहु कपी गरिएको फिल्ममा काम गर्न पुगेकोमा मलाई खेद छ

नेपाली फिल्म क्षेत्रमा अभिनेत्री सुरक्षा पन्तले भने आफ्नो फिल्म कपी भएको कुरा आफै सार्वजनिक गरेकी छिन्। 
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - हुन त नेपाली फिल्म बलिउडका कथाहरूबाट प्रभावित या हुबहु नक्कल गरिनु परानै रोग हो। निर्माता/निर्देशक त कथा चोरेर फिल्म बनाउँथे नै तर मौन बसिदिएर या हाँसिखुशी संलग्न भइदिएर कलाकारले पनि सधैं यो प्रवृत्तीलाई प्रोत्साहित नै गरिरहे। 

triton college

फिल्म कपी गरेर बनाइएको तथ्य सार्वजनिक हुँदासम्म यहाँ कलाकारले त्यसविरुद्ध बोल्ने या ‘कन्फेस’ गर्ने साहस देखाउथेनन्। तर, यस्तै प्रवृत्तीको हालिमुहाली भएको नेपाली फिल्म क्षेत्रमा अभिनेत्री सुरक्षा पन्तले भने आफ्नो फिल्म कपी भएको कुरा आफै सार्वजनिक गरेकी छिन्। 

एक महिनाअघि रिलिज भएको उनी अभिनिति सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’बाट हुबहु नक्कल गरिएको पाइएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भइरहेको थियो। यही आलोचनाका बीच उनले फेसबुकमा ‘मभी कन्फेसन’ भन्दै आफ्नो सर्ट फिल्म हुबहु कपी गरेको पाइएकोमा दुःख प्रकट गरेकी छिन्। 

‘हालसालै मैले काम गर्न पुगेको एउटा सर्ट फिल्म कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ,’ उनले लेखेकीी छिन्, ‘पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला। कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ। ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म। त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।’

सुरक्षाको स्वीकारोक्तिपछि फिल्म निर्माण टिमले 'मन बार' युट्युवमा प्राइभेट गरेको छ।

corrent noodles
Metro Mart

‘तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन,’ उनले थप लेखेकी छिन्,  ‘सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो। यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ।’

सुरक्षाका अनुसार जीवन शाहीले निर्देशन गरेको यो सर्ट फिल्मको दोश्रो पार्ट पनि बनाउने तयारी थियो तर कपी गरेको पाइएपछि उनी फिल्म नखेल्ने मनशायमा पुगेकी छिन्। ‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी ,’ उनले भनेकी छिन्। 

सुरक्षाको यो स्वीकारोक्तिलाई फिल्म समिक्षक अनुप सुवेदी प्रशंसा गर्छन्। ‘नेपाली फिल्मकर्मीमा यतिको कमिटमेन्ट भए नेपाली फिल्म सुध्रन्छ भन्ने आस जागेर आउँछ,’ सुरक्षाकै कन्फेसनमुनि प्रतिक्रिया दिँदै उनले लेखेकका छन्, ‘हाम्रो नेपालमा कपी, इन्स्पायर, आइडिया मिल्ने, प्रभावित आदि जस्ता कुराको बारेमा बहस भएको छैन। त्यस्ता कुराका बारेमा आम बुझाईमा सामन्जस्यता पनि छैन र के गर्न हुने क नहुने भन्ने पनि छैन। मिडियामा लेख्ने/बोल्नेले केही समानता देख्ने वित्तिकै चोरी, नक्कल भन्दिन्छन्, सबै त्यतै दौडन्छन्। यस बिषयमा बहस तथा आम बुझाई र सहमति नबनी तपाईलाई जस्तै समस्या आइरहनेछन्।’

प्रकाशित: May 20, 2021| 07:40 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्