सोमबार, असार २९, २०८३

विद्यार्थीले राख्न थाले नपढाउने शिक्षकको रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कुस्मा-  पर्वतको कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका विद्यार्थीले कक्षा कोठामा सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो पढाउने शिक्षकको रेकर्ड राख्न थालेका छन्।

कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग विद्यार्थीले राम्रोसँग पढाउने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन्।

शिक्षकका दैनिक क्रियाकलाप नजिकबाट नियालेर बसेका विद्यार्थीले ठग शिक्षकको रेकर्ड राख्न थालेका हुन्।

विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो पढाउने गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिएका नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले बताए।

अनुगमन टोलीले जनता सुदर्शन मावि, खौलालाँकुरी मावि, पञ्चकोशी माविलगायतका विद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाइ उपलब्धिका बारेमा जानकारी लिएको छ।

‘शिक्षकले आफ्ना आनीबानी सुधार्नेदेखि पठनपाठन गर्न जाँदा राम्रो तयारी गरेर जानुपर्ने देखियो,’अधिकृत क्षेत्रीले भने। अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भइरहेको भेटिएको क्षत्रिले बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।