सोमबार, असार २९, २०८३

किम भेट्न ट्रम्प आइपुगे सिंगापुर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिंगापुर (रोयटर्स)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तरकोरियाली नेता किम जोङ–उनसँग ऐतिहासिक वार्तामा सहभागी हुन सिंगापुर आइपुगेका छन् । 

आफ्नो मुलुकको पुरानो दुष्मन उत्तरकोरियाले गर्दै आएको परमाणु क्षेप्यास्त्र परीक्षणको अन्त्यका लागि यो वार्ता कोशेढुंगा सावित हुने विश्वास अन्तर्राष्ट्रियस्तरमा गरिँदै आएको छ । साथै, संसारबाट अलग रहँदै आएको उत्तरकोरियाको रूपान्तरणमा पनि यसबाट मद्दत पुग्ने अपेक्षा छ । 

राष्ट्रपति ट्रम्प सिंगापुरको पाया लेबर एयरबेसमा उत्रिए । क्यानाडामा जम्मा भएका अमेरिकाका अति निकटस्थ मुलुकहरूसँगको बैठक छाडेर उनी सिंगापुर उत्रिनुको मुल कारण परमाणु आक्रमणको धम्की दिइरहने आफ्नो एक दुष्मनसँग वार्ता गर्नु हो । 

अमेरिकी वायु सेनाको हवाई अड्डामा राष्ट्रपति ट्रम्पलाई सिंगापुरका विदेश मन्त्री विवियन बालकृष्णनले स्वागत गरे । त्यस क्रममा एक संवाददाताले ट्रम्पसँग सोधे, ‘यो शिखरवार्ताप्रति कस्तो महशुस भइरहेको छ ?’ ट्रम्पको छोटो जवाफ थियो, ‘भेरी गुड ।’

त्यसपछि उनी आफ्नो लिमोजिन कारतर्फ लम्किए, जसले उनलाई मध्य सिंगापुरको होटेलसम्म पु¥यायो । उत्तरकोरियाली नेता किम उक्त शिखर वार्ताका लागि स्थानीय समयअनुसार आइतबार बिहानै चिनियाँ विमान चढेर सिंगापुर आइसकेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।