सोमबार, असार २९, २०८३

लाइसेन्सको निवेदन बन्द, अनलाइन फारम रद्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - यातायात व्यवस्था विभागले लाइसेन्सका लागि निवेदन लिने कार्य बन्द गरेको छ । असार महिनाका लागि यसअघि भरेका अनलाइन फारमहरु पनि रद्द गरेको छ । 

विभागले एक सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिइसकेको छ। एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको जनाउँदै विभागले आवेदन नलिन निर्देशन दिएको हो । 

पछिल्ला दिनहरुमा विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो। हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने  भएकाले यस आर्थिक वर्षमा कुनै पनि फारम नलिन विभागले कार्यालयहरुलाई निर्देशन दिएको छ।

अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने कारण देखाउँदै विभागले लाइसेन्सको फारम लिन बन्द गरेको हो।

विभागका प्रवक्ता तुल्सीराम अर्यालले फारम भरेकाहरुको ट्रायल लिन करिब १५-२० दिन लाग्ने र त्यसपछिको अवधि यस आर्थिक वर्षको संकलित राजश्वको हिसाब मिलाउन लाग्ने जानकारी दिए।

मुलुकभरबाट सरदर दैनिक झण्डै ५ हजारले लाइसेन्सका लागि आवेदन दिने गरेका छन्। एक महिनासम्म आवेदन लिने कार्य रोकिँदा झण्डै डेढ लाख सर्वसाधारण प्रभावित हुने भएका छन्।
  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।