सोमबार, असार २९, २०८३

प्रेमकथामा आधारित उपन्यास बिस्मिता सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रेमकथामा आधारित शिव बस्यालको उपन्यास ‘बिस्मिता’ सार्वजनिक भएको छ ।

सर्वनाम थिएटर काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा आख्यानकार राजन मुकारुङ, लेखक बन्दना ढकाल र कवि हरिमाया भेटवाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमाथि बोल्दै मुकारुङले वर्तमान समाजको मानवीय संवेदनालाई उपन्यासले समेटेको बताए । ‘अहिले हामीलाई डिजिटल दुनियाँले दिमाग ड्यामेज गर्दै लगिरहेको छ । हाम्रो संवेदनालाई कमजोर बनाएको छ,’ उनले, ‘यस मनोविज्ञानलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन् ।’

प्रविधिको प्रभावले समाज, राजनीति, परिवारबाट अलग्गिँदै गएको पात्रको मनोविज्ञानलाई खुलस्त रूपमा लेखकले राखेको उनले बताए । ‘अहिलेको पुस्तामा यसखाले टेक्नोलोजीको मनोरोग बढ्दै गएको छ । लेखकले त्यो रोगलाई सचेततापूर्वक देखाएका छन्,’ उनले भन, ‘लेखकको भाषा र प्रस्तुति निकै राम्रो छ ।’ 

कार्यकममा भेटवालले प्रेमको अन्योलमा अल्झिएको अहिलेको पुस्ताको मनोविज्ञानलाई उपन्यासले उजागर गरेको बताइन् । ‘साइवर प्रेमको प्रयोग भए पनि प्रेमलाई हल्का रूपमा लिएका छन् पात्रले,’ उनले भनिन्, ‘नयाँ पुस्तामा यही देखिन्छ, जुन लेखकले देखाउन खोजेका छन् ।’

लेखक बन्दना ढकालले युवा पुस्ताले पढ्ने खालको उपन्यास आएको बताइन् ।   

लेखक बस्याल प्रवासमा रहेर साहित्य क्षेत्रमा क्रियाशील छन् । उनको यो पहिलो साहित्यिक पुस्तक हो ।  उपन्यासलाई इन्डिगो इन्कले बजारमा ल्याएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।