सलमान खान अभिनित ‘राधेः योर मोस्ट वान्टेड भाई’ गत बिहीबारबाट ओटीटी र डीटीएच प्लेटफार्ममार्फत विश्वभर रिलिज भयो। ‘पे पर भ्यू’ सर्भिसअन्र्तगत हेर्न पाइने रिलिज भएको केही समयमै इन्टरनेटमा लिक भयो।
कयौं टोरेन्ट साइट्स, ह्वाट्सअप र टेलिग्राम एपमा ‘राधे’को पाइरेटेड भर्जन अपलोड भइदियो। जबकी रिलिजको पूर्वसन्ध्यामा फिल्म चोरेर नहेरिदिन सलमानले विशेष आग्रह गरेका थिए। तै पनि पाइरेसी भएपछि यतिबेला सलमान यसकाविरुद्ध प्रहरी कार्यलय पुगेका छन्। सलमानले म्यानेजरमार्फत पाइरेसी गर्नेहरूलाई कडा कारबाहीको माग गर्दै मुम्बईस्थित साइबल पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गराएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यतिबेला साइबर सेल फिल्म चोरेर हाल्ने ति अनलाइन साइट्सको सोर्सलाई ट्रयाक गरिरहेका छन्।
साइबर सेलका डीसीपी रश्मि करंदीकरले दैनिक भाष्करसँग पाइरसी गर्नेहरूको अनुसन्धान भइरहेको बताएका छन्।
लिखित उजुरी गर्नुअघि सलमानले आइतबार एक पोस्ट सेयर गर्दै पाइरेसी गर्नेहरुविरुद्ध आक्रोश पोखेका छन्। ‘हामीले प्रति व्यक्ति २४९ रुपैयाँमा राधे हेर्ने सुविधा सबैलाई दिएका थियौं। यसको बाबजुद पाइरेटेस साइट्सहरुले गैरकानुनी हिसाबले यो फिल्म देखाइरहेका छन्, जुन गम्भीर अपराध हो। साइबर सेल यि सबै गैरकानुनी पाइरेटेड साइट्सलाई कारबाही गर्दैछ। प्लिज, पाइरेसीको हिस्सा नबन्नुस्, नत्र साइबर सेल तपाईविरुद्ध पनि एक्सन लिन बाध्य हुनेछ। प्लिज बुझ्नुस्, नत्र तपाई पनि साइबर सेलको झन्झटमा फस्नुहुनेछ। ’
पहिलो दिन ओटीटीमा रेकर्ड
यो फिल्म भारतमा ओटीटी र डिटिएज प्लटेफार्ममार्फत ‘पे पर भ्यू’ सर्भिस अन्तर्गत रिलिज भएको थियो। डिजिटल रिलिज भएपनि पहिलो दिन नै यो फिल्मले रेकर्ड कायम गरेको थियो। पहिलो दिन नै ४.२ मिलियन भ्यूज पाएर यो फिल्म जि फाइभमा सबैभन्दा बढी हेरिएको फिल्म बन्न सफल भएको थियो। यसका लागि सलमानले सोसियल मिडियामा पोस्ट सेयर गर्दै सबैप्रति आभारसमेत प्रकट गरेका थिए।
अर्को रोचक पक्ष के भने यो फिल्म रिलिज भएको केही घन्टामै जी ५ को सर्भर क्र्याश भएको थियो। एकैपटक थेग्नै नसक्ने दर्शकले फिल्म हेरेपछि सर्भर क्र्याश भएको बताइएको थियो।