शुक्रबार, कात्तिक २८, २०८२

घमेश दुलालको सन्देशमूलक गीत ‘मास्क खै’ (भिडियोसहित)

चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देशमूलक गीत ‘मास्क खै’ डिएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देशमूलक गीत ‘मास्क खै’ डिएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।

National life

गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन्।  गीतमार्फत कोरोनाबाट बच्न मास्क लगाऔं, पौस्टिक आहार खाऔं, दूरी कायम गरौं, सकेसम्म भिडभाडमा नजाऔं भन्ने सन्देश दिइएको छ।

प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो। गीतको मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतम आदिको अभिनय छ।

प्रकाशित: May 16, 2021| 13:04 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्