सोमबार, असार २९, २०८३

सम्पत्ति शुद्धीकरणले बोलायो गोरे र खत्रीलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुन तस्करीबाट अकुत सम्पत्ति कमाएको अभियोगमा मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) र निलम्बित एसएसपी श्याम खत्रीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं झिकाएको हो ।

३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको समितिको प्रारम्भिक अनुसन्धानमा उनीहरूले अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ । सोही समितिको सिफारिसमा विभागले छानविन गर्न लागेको हो ।

उनीहरूलाई काठमाडौं ल्याएर थप अनुसन्धान गर्न मोरङ प्रहरी, जिल्ला अदालत मोरङ र कारागार व्यवस्थापन विभागमा समेत परिपत्र गरिएको छ। काठमाडौं ल्याएपछि उनीहरूसँग थप बयान लिइने समिति स्रोतले नेपाल समयलाई जानकारी दिएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।