काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहका नाति–नातिना पनि धर्मकर्ममा लागेका छन् । पारस र हिमानीका छोरा हृदयेन्द्र र छोरी कृतिका पछिल्लो समय साप्ताहिक रुपमा विभिन्न मठ मन्दिर धाउन थालेका हुन् ।
बिहीबार हृदयेन्द्र र कृतिका पशुपति मृगस्थली क्षेत्रमा रहेको गोरक्षनाथ मन्दिरमा पूजा गरेका छन् ।हृदयेन्द्रले ढाका टोपी लगाएका थिए भने कृतिका कुर्ता सुरुवाल लगाएर मन्दिर गएकी थिइन् ।
पछिल्ला दिनमा पूर्वयुवराज पारस विभिन्न तीर्थस्थलमा धाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रका भाइ धीरेन्द्रका छोरीहरू पूजा राज्यलक्ष्मी देवी शाही र दिलाशा राज्यलक्ष्मी देवी राणा पनि पशुपति गएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४