सोमबार, असार २९, २०८३

बसमा ठोक्किएर ट्राफिक प्रहरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुपन्देही- बुटवलमा भएको सवारी दुर्घटनामा परि एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको बसमा ठोकिएर मृत्यु भएको हो । 

रुपन्देहीको तिलोत्तमा योगिकुटी घर भएका खनालले चलाएको गाडी बुटवल धागो कारखाना नजिकै बसमा ठोक्किएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

दुर्घटना पछि गम्भिर घाइते भएका ४६ वर्षीय खनालको विहीबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।