सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदुषित पानी उत्पादन गरेको भन्दै चार उद्योगमा शिलबन्दी

प्रदुषित पानी उत्पादन गरेको भन्दै चार उद्योगमा शिलबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदुषित पानी उत्पादन गरेको भन्दै यहाँका चार वटा उद्योगमा शिलबन्दी गरिएको छ । 

स्थानीय बजार अनुगमन समितिले बिहीबार जनकपुर-१३ स्थित विभा वेभरेज प्रालिले उत्पादन गर्दै आएको भोडा ड्रिङकिङ वाटर र जनकपुर-४ स्थित ग्लोबल एक्वा पानी उद्योगमा शिलबन्दी गरेको हो ।

अनुगमन समितिले यसअघि जनकपुर-९ स्थित जनकनन्दनी ड्रिङकिङ वाटर उद्योग र एभरेस्ट पानी उद्योगमा शिलबन्दी गरेको थियो ।

यी उद्योगहरूको अन्य कागजपत्र दुरुस्त रहे पनि खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट अनुज्ञा पत्र नलिएको भन्दै शिल गरिएको हो । 

उद्योग दर्तापछि प्रशोधित पानीलाई ७२ घण्टासम्म ल्याब परीक्षण गराई गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र लिनुपर्छ । तर, लामो समयदेखि पानी उत्पादन गर्दै आए पनि अनुज्ञा पत्र नलिएकाले पानी खान योग्य नरहेको ठहर गर्दै शिलबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी जीतेन्द्रप्रसाद सिंहले बताए । 

दुई साताअघि शिलबन्दी गरिएका जनकनन्दनी र एभरेस्ट उद्योगले अझै अनुज्ञापत्र ल्याउन नसकेपछि बन्द अवस्थामा छन् । जिल्ला प्रशासनका अधिकृत दिपेश साह नेतृत्वमा  खाद्य निरीक्षक नवीन देउजा, घरेलु तथा साना उद्योग कार्यालयका सिंहलगायतको टोलीले पानी उद्योगहरूमा अनुगमन गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।