नेदरल्यान्ड्स- नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुथको हातबाट कफीको गिलास खसेपछि आफैंले सफा गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
रुथ आफ्नो कार्यकक्षमा एक हातमा फाइल र अर्को हातमा कफी लिएर हिँडिरहेको समयमा ढोकामा ठोक्किएर कफीको गिलास भुर्इंमा खसेको थियो । लगत्तै रुथले सफाइ गर्ने कर्मचारीलार्इ बोलाउनुको साटो आफैँले भुर्इं सफा गरेका थिए ।
उक्त भिडियो नेदरल्यान्ड्सका एक कुटनीतिज्ञले ट्वीटरमा सेयर गरेका थिए । भिडियोमा प्रम रुथले कप उठाएर मुस्कुराउँदै भुर्इं सफा गरिरहेको देख्न सकिन्छ ।
भिडियो: किस भ्यान विक ट्वीटर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...