सोमबार, असार २९, २०८३

१४५ नम्बरमा दर्ता भएको (नेकपा) ले पायो प्रमाणपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ दिनपछि दल दर्ताको प्रमाणपत्र पाएको छ । 

एकिकरण घोषणाकै दिन जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको (नेकपा) ले बिहीबार दल दर्ताको प्रमाणपत्र पाएको हो । 

(नेकपा) निर्वाचन आयोगको १४५ नम्बर दर्ता भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ। 

बुधबार बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको मान्यता दिइएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए । प्रमाणपत्र ग्रहणका लागिनेकपाका महासचिव बिष्णृ पौडेलेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो ।
 
निर्वाचन आयोगमा  ऋषि कट्टेलको नेतृत्वको  पार्टीसँग नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईन दर्ता गरिएको थियो। नेकपाले नाम जुधेपछि  नेपाल कम्युनष्टि पार्टी (नेकपा) नाम परिवर्तनका लागि निवेदन दिएका हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।