सोमबार, असार २९, २०८३

नेविसंघका १६ कार्यकर्ता प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुर उपमहानगरपालिका-१२ पिडाडी चोकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलार्इ नियन्त्रणमा लिएको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए । उपसभापति साहका अनुसार प्रहरीले नेविसंघ जिल्ला अध्यक्ष सुजीत झा, कपिल यादव, सुजीत यादव, नवनित झासहित १६ जनालाई पक्राउ गरेको हो । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि वातावरण तनावपूर्ण बनेको हो ।

यसअघि नेविसंघका कार्यकर्ताले मूल्यवृद्धि फिर्ताको माग गर्दै जिल्ला प्रशासनमा धर्ना दिएका थिए । तीन महिनाको अवधिमा सरकारले पाँच पटक गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।