शनिबार, कात्तिक ७, २०८३

प्रशासकीय अधिकृत घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान  आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले प्रशासकीय अधिकृत सुरेशप्रसाद दासलाई ५० हजार घुससहित पक्राउ गरेको हो ।

खाद्य गुणस्तर सम्बन्धी एक पुरानो मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीबाट ५० हजार घुस लिइरहँदा अख्तियारको टोलीले दासलाई पक्राउ गरेको छ । 

आफ्नो गाडीमा कार्यालय गईरहेका प्रशासकीय अधिकृत दासले सर्लाही जिल्ला अदालत गेटको सामुन्ने सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको एक कर्मचारीले जनाए ।

नियन्त्रणमा लिइएको दासमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका प्रशासकीय अधिकृत सुरेशप्रसाद दास
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।