जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले प्रशासकीय अधिकृत सुरेशप्रसाद दासलाई ५० हजार घुससहित पक्राउ गरेको हो ।
खाद्य गुणस्तर सम्बन्धी एक पुरानो मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीबाट ५० हजार घुस लिइरहँदा अख्तियारको टोलीले दासलाई पक्राउ गरेको छ ।
आफ्नो गाडीमा कार्यालय गईरहेका प्रशासकीय अधिकृत दासले सर्लाही जिल्ला अदालत गेटको सामुन्ने सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको एक कर्मचारीले जनाए ।
नियन्त्रणमा लिइएको दासमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका प्रशासकीय अधिकृत सुरेशप्रसाद दास
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४