सोमबार, असार २९, २०८३

३६ करोड लिएर इटहरीका तीन व्यापारी बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- घटना १: स्थानीय रुचि हार्डवेयरका सञ्चालक ग्राहक, व्यापारी, वितरक र बैंकको आठ करोड रुपैयाँभन्दा बढी लिएर १२ असोज ०७४ देखि बेपत्ता भए । भारत विहारको अररियाका ५५ वर्षीय अरविन्दकुमार अग्रवाल आठ महिनायता सम्पर्कविहीन छन् । 

उनले ग्राहकबाट उठाउन करिब एक करोड र तिर्न बाँकी नौ करोड रुपैयाँ छ । इलाका प्रहरी इटहरीमा उजुरी परे पनि उनीबाट पैसा फिर्ता पाउने आधार नभएकाले तनावमा छन्, पीडितहरू । 

घटना २: इटहरी-६ लक्ष्मण मार्गस्थित हटिया लाइनका व्यापारी भुलन जैसवाल चौधरी पनि २० वैशाखदेखि बेपत्ता छन् । उनकी श्रीमती पनि २१ वैशाखदेखि सम्पर्कमा छैनन् । 

दार्जिलिङमा अध्ययनरत छोरालाई स्कुलबाट निकालिसकेका छन्, उनीहरूले । इटहरीको चर्चित ओम साई किराना तथा कैलाश किराना नाममा दुई व्यापारिक फर्मका सञ्चालक चौधरी विभिन्न व्यापारी र सर्वसाधारणको करिब १२ करोड रुपैयाँ लिएर फरार भएका हुन् । 

हालसम्म उजुरी दिएका २४ जना व्यापारीमध्ये सबैभन्दा बढी व्यवसायी कृष्ण श्रेष्ठको ६० लाख रुपैयाँ डुबेको छ । उद्योग वाणिज्य संघ, इटहरीका महासचिव टंक खनालकै पनि नौ लाख रुपैयाँ लिएर फरार भएका छन्, उनी । 

भारत विहारको मुरलीगञ्ज मूल घर भएका भनिएका व्यापारी चौधरी अहिले त्यहाँ पनि नभएको परिवार स्रोतले बताएको छ ।
 

वर्षदिनयता दुई भारतीय र एक नेपाली व्यापारी बैंक र सर्वसाधारणको ३६ करोड रुपैयाँ लिएर बेपत्ता ।


घटना ३: गत २२ जेठमा इटहरी-२० तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक गजमेर पनि फरार भएका छन् ।  सयौं स्थानीय बासिन्दालाई महँगो व्याज दिने बताएर उनले करिब १६ करोड रुपैयाँ उठाएका थिए । 

उनीविरुद्ध परेको उजुरीका आधारमा गजमेरको खोजी भइरहेको इलाका प्रहरीका डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

इटहरीका बैंक र व्यापारीहरूले विश्वास गरेका व्यापारीहरू नै करोडौं उठाएर फरार हुने गरेका छन् । शुरुमा विश्वास आर्जन गर्न त्यस्ता व्यापारीले राम्रो पृष्ठभूमि बनाउँछन् र त्यसैको आडमा ग्राहकलाई बेवकुफ बनाउँदै रकम लिएर फरार हुन्छन् । 

ठूलो कारोबार गरिरहेका व्यापारीलाई बैंकहरूले पनि भरोसा गर्नु स्वाभाविकै हो । तर, तिनै व्यापारी रकम लिएर फरार हुन थालेपछि बैंक अधिकारीहरू ऋण दिन सचेत हुन थालेका छन् । 'क' वर्गको एक बैंकका व्यवस्थापक भन्छन्, 'ठूला व्यापारी फरार हुँदा सर्वसाधारण र बैंक दुवैको पैसा धरापमा पर्दोरहेछ ।'
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।