जेरुसेलम- व्यापक विरोधपछि अन्ततः जेरुसेलममा हुने भनिएको अर्जेन्टिना र इजरायलबीचको खेल रद्द भएको छ । स्टार खेलाडी लियोनल मेसीमाथि गरिएको टिप्पणी र धम्कीपछि खेल रद्द भएको हो ।
विश्वकपको वार्मअप खेलका रुपमा शनिबार जुन ९ मा आयोजना हुने खेल रद्द गरिएको इजरायली दूतावसले एक विज्ञप्ति जारी गरेर जनाएको छ । दुतावासले निकालेको विज्ञप्तिमा भनिएको छ– सबैपक्षको आग्रह र सुरक्षा व्यवस्थाका कारण खेल रद्द गरिएको छ ।
अर्जेन्टिनाका खेलाडी गोन्जालो हिग्वाइनले पनि खेलाडीको सुरक्षा प्रमुख कुरा भएको बताएका छन् । उनले खेल रद्द हुनु अत्यन्त सही काम भएको बताएका छन् ।
यो खबर बाहरि आएपछि प्यालेस्टिनी फुटबल एसोसिएसनले खुसियाली मानाएको थियो । यसअघि, प्यालेस्टिनी फुटबल एसोसिएसनका प्रमुख जिब्रिल राजोउबले फुटबल समर्थकहरुलाई लियोनेल मेस्सीको टि–सर्ट जलाउन अपिल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४