सोमबार, असार २९, २०८३

४ नक्कली प्रहरी कास्की प्रहरीको खोरमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सादा पोशाकका प्रहरी भनेर दोहोरी सांझमा धम्काउने ४ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । रात्रीकालिन चेकिङ गर्ने क्रममा कास्की प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।  

कास्की प्रहरीको कमाण्ड सम्हालेदेखि नै  एसपी ओमबहादुर राना रात्रीकालिन चेकिङमा खटिदै आएका छन् । मंगलबार राती १० बजेको समयमा पोखराको सिर्जनाचोक स्थित बिसौनी दोहोरी सांझमा मादक पदार्थ सेवन गरी आफुहरु सादा पोशाकको प्रहरी हौ भनी धम्काएर भाग्ने क्रममा उनीहरुलाई पक्राउ  गरिएको हो । 

पक्राउ पर्नेहरुमा कास्की धिताल का भुपेन्द्र गौतम, कास्कीकोटका शेषमणी गौतम, धितालकै सुवास गौतम र नवलपरासी घर भइ पोखरा बस्दै आएका सुदिप लम्साल रहेका छन । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख रानाले वताए ।  


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।