सोमबार, असार २९, २०८३

दाताको खर्चमा हुने प्रशिक्षणप्रति सांसद्को आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसद् सचिवालयले संसदीय प्रक्रियाबारे जानकारी गराउन बुधबार (आज) बाट संघिय संसद्का ३ सय ३४ सांसदलाई प्रशिक्षण दिँदैछ ।

सचिवालयले सरकारी बजेट थन्क्याएर राष्ट्रसंघिय विकास कार्यक्रम (यूएनडीपी) को लगानीमा आजबाट दुईदिने प्रशिक्षण सुरु गर्न लागेको हो । 

प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसद्लाई सहभागी गराउने जनाइएको छ । तर, दाताको खर्चमा प्रशिक्षण सञ्चालन गर्न लागिएको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका छन् । 

अपारदर्शी र सरकारको नियन्त्रणबाहिर रहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमको औचित्य नहुने भन्दै सांसद्हरुले गुनासो गरेका छन् । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले मागेर काम गर्नु ठिक नभएको भन्दै नेपाल समयसंग असन्तुष्टि जनाए । 

तर सचिवालयले भने यूएनडीपीसँग यसअघि पनि सहकार्य हुँदै आएको र यसपटक पनि नियमित कार्यक्रम अन्तर्गत नै तालिम आयोजना गरिएको जनाएको छ । तालिम ९ बजेपछि सुरु हुँदैछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।