सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबारः सेयर कारोबार ठप्प, ट्रस्टको घोटला अख्तियारमा 

आजका अखबारः सेयर कारोबार ठप्प, ट्रस्टको घोटला अख्तियारमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई मुख्य समाचार बनाएका छन् । 

कसैले लाभकरको विवादले सेयर कारोबार ठप्प भएको विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् भने कसैले चीनसंग उर्जाबारे छाता सम्झौता हुने विषयलाई प्राथमिकतामा पारेका छन् । 

लाभकरको विवादले सेयर कारोबार ठप्प

आजको कान्तिपुर र कारोबार दैनिकले सेयर बजार ठप्प भएको विषयलाई मुख्य समाचार बनाएका छन् । सरकारले कर गणना गर्ने विधि परिवर्तन गरेको विरोधमा लगानीकर्ताले मंगलबार सेयर कारोबार ठप्प पारेका छन् । नयाँ विधिअनुसार कर गणना गर्दा नोक्सान भएपनि लाभकर तिर्नुपर्ने दाबी गर्दै लगानीकर्ताले बजार बन्द गरेका हुन् ।

आन्तरिक राजस्व विभागले आइतबारदेखि लागू हुने गरि बोनस र हकप्रद सेयरमा अंकित मूल्यका आधारमा कर गणना गर्न पत्र काटेपछि लगानीकर्ता विरोधमा उत्रिएका हुन् । कारोबार दैनिकका अनुसार बुधबार पनि कारोबार रोकिने सम्भावना प्रबल छ । 

दाताको खर्चमा सांसदलाई तालिम 

कान्तिपुर दैनिकले विशेष महत्वका साथ पहिलो पृष्ठमा छापेको यो खबर अनुसार संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघिय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ । 

संसद् सचिवालयले  संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैया बजेट छुट्याए पनि राष्ट्रसंघिय विकास कार्यक्रम (यूएनडीपी) को लगानीमा नयाँबानेश्वर स्थित संसद् भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो । बुधबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसद्लाई सहभागी गराउने जनाइएको छ । 

चीनसित उर्जाबारे छाता सम्झौता हुने

अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको खबर अनुसार प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नेपाल र चीनबीच उर्जा सहयोग सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

सम्झौतापछि नेपाल र चीनबीच उर्जा तथा जलविद्युत क्षेत्रमा पहिलो पटक सरकारी तहमा सहयोग आदानप्रदान हुनेछ । उर्जा मन्त्रालयले चीनसंग गर्ने सम्झौतासम्बन्धी सबै पक्ष समेटेर मन्त्रिपरिषद्मा प्रस्थाव पठाएको छ । 

नेपाल ट्रस्ट घोटाला अख्तियारमा 

नागरिक दैनिकले मुख्य समचार बनाएर प्रकाशित गरेको यो खबर अनुसार राज्यलाई पाँच अर्ब घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  छानविन थालेको छ । 

ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णय विपरीत कम मूल्यमा जग्गा लिजमा  लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माण लगायतको काम भने रोकेको छैन् । कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो घाटा भएको भन्दै अख्तियारमा परेको उजुरीउपर छानविन भइरहेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।