सोमबार, असार २९, २०८३

प्रदेश ७ : नेकपा संसदीय दलको नेतामा भट्ट चयन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ७ संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन गरेका छन् । 

मंगलबार बसेको संसदीय दलको बैठकले यसअघि माओवादीबाट संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री भट्टलाई नै संसदीय दलको नेता चयन गरेको हो । 

त्यस्तै बैठकले यसअघि एमाले संसदीय दलको नेता रहेका आन्तरिक मामिला मन्त्री प्रकाश शाहलाई उपनेता चयन गरेको सामाजिक विकास मन्त्री दीर्घ सोडारीले जानकारी दिए । 

यस्तै एमालेबाट सचेतक चयन भएका तारा लामा तामाङ प्रमुख सचेतक चयन भएका छन् भने माओवादीबाट सचेतक चयन भएका अक्कल रावल संयुक्त पार्टीको पनि सचेतक बनेका छन् । यसअघि संसदमा दुई दलका रुपमा रहेका एमाले र माओवादी अब औपचारिक रुपमा पार्टी बनेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।