सोमबार, असार २९, २०८३

सिंहदरबारभित्रको कवाडखाना (फोटोफिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार देश सञ्चालन गर्ने मुख्य केन्द्र हो । प्रधानमन्त्री कार्यालयसहित देशका सम्पूर्ण मन्त्रालय यही परिसरमा छन् ।
 
सिंहदरबार प्रवेशका लागि अनिवार्य कार्डको प्रयोगले सर्वसाधारण सहजै यो प्रशासनिक केन्द्रभित्र पस्न सक्दैनन् । अर्थात्, बिनाकाम सिंहदरबार कोही पनि छिर्दैन । 

राणा प्रधानमन्त्री चन्द्रसमशेरले आफ्नो निजी निवासको रूपमा स्थापना गरेको यो दरबार अहिले नेपालको प्रमुख प्रशासकीय केन्द्र बन्यो । यो केन्द्र कस्तो होला भन्ने आम सर्वसाधारणको चासो हुन्छ । 

यहाँभित्र रहेका कार्यालय र मन्त्रालयपछि सिंहदरबारमा देखिने एउटा दृश्य हो कवाडीखानाको । सिंहदरबारभित्र रहेका पुराना सवारी साधन यति अव्यवस्थित छन् कि देशको मुख्य केन्द्रको स्वरूप नै बिग्रिएको छ । 

अझै कवाडीका रूपमा राखिएका गाडीलाई व्यवस्थापन गर्ने उचित नीति नहुँदा नयाँ बन्ने भवनले घेरेर पुराना गाडी निकाल्न नसक्ने अवस्था पनि छ । 

थप तस्बिर हेर्नुहोस्




तस्बिर : सन्ध्या श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।