सोमबार, असार २९, २०८३

चिलिमेको विद्युत उत्पादन बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नुवाकोट- रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द भएको छ ।

केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएपछि उत्पादन बन्द गरिएको हो । 

चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठका अनुसार ८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत् प्रवाह भएकाले उत्पादन बन्द गरिएको हो ।

अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको उनले जानकारी दिए । काठमाडौंबाट आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबारदेखि मात्र काम शुरु गरेको जनाइएको छ । 

केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा रु एक लाख ७१ हजार ८२० नोक्सान हुने गरेको छ । 

यसैबीच, चिलिमेबाट केन्द्रीय प्रशारण लाइनमा लगेको तार चुडिएर यहाँको स्थानीय क्षेत्रमा प्रवाह गरिएको २३० भोल्टेज तारमा उच्च क्षमताको विद्युत प्रवाह हुँदा उपभोक्ताको घरमा रहेको विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीयवासी तथा नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बुढाथोकीले जानकारी दिए ।  

उच्च विद्युत् प्रवाहबाट मिटरबक्स, सवामिटर, विद्युत् वाइरिङ, विद्युतीय सामग्री, बत्ती, रेडियो, टिभी, कम्युटरलगायत लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको भन्दै २५ परिवारले लगत संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

निवेदनमा क्षतिको राहत नपाएसम्म मर्मतमा अवरोध पुर्‍याउने र स्थानीय विद्युत् प्रवाह गरेको स्थान माथिबाट चिलिमेको लाइन लैजान नदिने उल्लेख गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।