सोमबार, असार २९, २०८३

नेकपा फेरि अर्को झमेलामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकता पछि जन्मिएको नयाँ पार्टी  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि अर्को झमेलामा फसेको छ । अहिलेसम्म औपचारिक रुपमा दल दर्ता नभएको नेकपालाई यसपटक महिलाको संख्याले झमेलामा पारेको हो ।
 
अर्को राजनीतिक दलसँग नाम जुधेपछि दल दर्ता गर्न नाम परिवर्तन गर्न बाध्य भएको नेकपा अहिले ३३ प्रतिशत महिला नपुगेपछि समस्यामा परेको छ । नयाँ दल दर्ता गर्नका लागि ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्थाका कारण दल दर्ता  अन्योलमा परेको छ ।

नेकपाको केन्द्रीय समितिमा हाल ४ सय ४१ सदस्य छन्। जसमा महिलाको संख्या ७२ मात्र छ । यो कुल संख्याको १६ प्रतिशत मात्रै हो । दल दर्ताका लागि पार्टी दर्ता ऐन २०७४ को धारा १५ ९४० बमोजिम महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने प्रावधान छ । 

यस्तै ४५ सदस्यीय स्थायी कमिटीमादुई जना मात्र महिला छन् भने नौ सदस्यीय सचिवालयमा महिलाको सहभागिता नै छैन ।

नवगठित नेकपाले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।