सोमबार, असार २९, २०८३

आजका अखबारः सुन तस्करीकाे अनुसन्धान त्रुटिपूर्ण !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

सुन तस्करी र हत्या आरोपी छिरिङ घले थुनामा परेको खबरलाई आजको कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । पूर्वप्रहरी अधिकारीहरुले सुन तस्करीका विषयमा भइरहेको अनुसन्धान त्रुटिपूर्ण भएको औल्याएका छन् । कान्तिपुरले यो खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । 

कान्तिपुरले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको व्यवस्था गर्न बनेको विद्येयकमा सुत्केरीलाई ९८ दिन बिदा दिन प्रस्ताव गरिएको खबरलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ । यो खबर अनुसार अब बलपूर्वक परिवार नियोजन गराउन र गर्भपतन गराउन पाइने छैन् । 

आजको नागरिक दैनिकले भने के गर्दैछन् भिआईपी कैदी ? शीर्षकमा खबर छापेको छ । यस्तै सर्वोच्चको आदेश विपरित पूर्वराज ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले विजया घर छाड्न अटेर गरेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ । 

अन्नपूर्ण पोष्टले एमाले र माओवादीको एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टीको तल्लो तहसम्म हुने एकीककरणको स्वरुपलाई मुख्य समाचार बनाएको छ भने पेन्सनमै सरकारको ४६ अर्ब २३ करोड खर्च हुने गरेको विषयलाई पनि महत्वका साथ छापेको छ । 

नयाँ पत्रिकाले उर्जा क्षेत्रको स्थिती र चुनौती दर्शाउने गरि उर्जाको परिक्षा शीर्षकमा रिपोर्ट छापेको छ । उसले ठेकेदारको लापरबाहीका कारण पाँचपटक म्याद थप्दा पनि सडक अपुरै रहेको विषयलाई विशेष प्राथमिकता दिएर छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।