मंगलबार, असार ३०, २०८३

अमेरिका पठाउने भन्दै छ जनासँग रकम ठग्‍ने राजु खोरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– विभिन्न प्रलोभनमा पारी छ जनालाई अमेरिका पठाउछु भन्दै भारत, सिंगापुर, मलेसिया, थाईल्यान्ड , नाईजेरीया हुदै अफ्रिकन देश टोगोमा पुर्याई ७ महिना सम्म अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाग्लुङ, रिगा गाउँपालिका –११, गल्कोट स्थायी ठेगाना भई काठमाडौंको बानियाटार बस्ने ४१ वर्षीय राजु भन्ने जेसन श्रीसलाई केन्द्रीय अनुसन्धान व्युरो महारगञ्जको टोलीले शनिबार सामाखुशीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनलाई जिल्ला अदालत काठमाण्डौंबाट ७ दिनको म्यादथप गरी मानव बेचबिखन तथा तथा ओसारपसार मुद्दामा अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना गरिने कानुनी प्रावधान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।