धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीस्थित ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहु छिमेकी महिलासँग शारीरिक सम्बन्ध राखिरहेको समयमा रंगेहात पक्राउ परेका छन् । शारीरिक सम्बन्धमा संलग्न महिलालाई पनि स्थनीयले पक्राउ गरी प्रहरीलाई बुझाएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
शनिबार दिउँसो रंगेहात पक्राउ परेका दुवै जनालाई कारवाहीको माग गर्दै आईतवार कनरीबाट सयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय कैलालीमा आएका थिए । उनीहरुले स्कुलको सञ्चालक तथा प्रिन्सिपल भएर पनि समाजमा उच्श्रृखल काम गरेको भन्दै साहु र महिलालाई कारवाहीको माग गरेका छन् ।
दुवै जनालाई यस अघि पनि पटक–पटक आपत्तिजनक अवस्थामा भेटिएको भएपनि सम्झाई बुझाई गरेको तर उनीहरुले नमानेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको स्थानीयले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४