काठमाडौं- नेपालले नेदरल्यान्डस्लाई २०७ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको घरेलु टिम नेपालले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २०६ रन बनाएपछि पाहुना टिन नेदरल्यान्ड्सले २०७ रनको लक्ष्य पाएको हो।
नेपालका लागि आपनिङ जोडी आशिफ शेख र कुशल भुर्तेलले २० रनको मात्र साझेदारी गरे। जहाँ शेख शून्य रनमै आउट भए।
त्यसपछि मैदान छिरेका कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोड्न सके। उनले एक छक्का र दुई चौका हाने। त्यस्तै, युवा ब्याटसम्यानले ७ बलमा तीन छक्का प्रहार गर्दै १८ रन बनाएर आउट भए।
नेपाली अलराउन्डर ब्याटसम्यान करण केसी भने शून्य रनमा आउट भए। विकेटकिपर विनोद भण्डारीले ७ रन बनाउँदा सोमपाल कामीले २१ रन बनाए। सोमपालले दुई चौका र एक छक्का प्रहार गरेका थिए।