बुधबार, असोज ७, २०८३

रोशनी हत्या प्रकरण : ‘माता’को उक्साहटमा भएको थियो घटना

हुरी चलेका कारण अधिकांश व्यक्ति झ्यालढोका लगाएर घरभित्रै बसेका थिए। रोशनी भने तरकारी र दूध किनेर घर फर्किंदै थिइन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौंको आकाशमा कालो बादल मडारिरहेको थियो। हुरीका कारण वातावरण अशान्त थियो। हावाले ठाउँठाउँमा बिजुलीको पोल ढल्दा सहरमा बत्ती निभेको थियो। सोही अँध्यारोमा रोशनीको जिन्दगी कहिल्यै नफर्कने गरी बिदा भयो। 

हुरी चलेका कारण अधिकांश व्यक्ति झ्यालढोका लगाएर घरभित्रै बसेका थिए। रोशनी भने तरकारी र दूध किनेर घर फर्किंदै थिइन्।

घरबाट मुस्किलले उनी २० पाइला वर आइपुग्दा एकाएक देवर मोहन राजभण्डारीले रडले पछाडिबाट टाउकोमा प्रहार गरे। रक्ताम्मे भएकी उनी चिच्याउँदै घरतर्फ दौडिइन्। 

फेरि देवरले पछाडिबाट रडले हाने। रोशनी शरण माग्न छिमेकीको घरमा छिरिन्। तर, कसैले उनको देवरलाई रोकेनन्। र, उनलाई बचाउने आँट गरेनन्। गेटभित्र छिरेपछि पनि मोहनले रडैरडले टाउकोमा हानिरहे। 

जब यो घटना वरिपरिका स्थानीयले देखे, त्यसपछि चिच्याउन थाले उनीहरु। आफन्त घरबाट निस्किए। दौडादौड भयो। 

प्रत्यक्षदर्शी लीला देसार भन्छिन्, ‘कुनै फिल्मको दृश्यभन्दा खतरनाक थियो अवस्था। चोटैचोट लागेको अवस्थामा रोशनीको घाइते शरीर गेटमा लम्पसार थियो। रगतको आहाल थियो। म यो सबै देखेर लगलग कामें।’ 

मोहनले भाउजूको हत्या गरेको विषयमा आफन्तले विश्वास गरेका छैनन्। उनीहरुलाई सपना जस्तो लागिराखेको छ। ‘कहिल्यै आक्रामक स्वाभाव र शैली नदेखाएका उनले कसरी हत्या गरे होलान्? म छक्क परिराखेको छु’, दाइ नाता पर्ने इन्द्र श्रेष्ठले भने। 

इन्द्रका अनुसार मोहन धेरै बोल्ने पनि होइन, बोल्दै नबोल्ने पनि होइनन्। सबैसँग सामान्य बोल्थे। देवरभाउजू मिलेर बसेका थिए। चाडबाडमा एकै ठाउँमा बसेर खान्थे, रमाउँथे। यस्तो अवस्थामा आउँछ भनेर आफूले कल्पनासम्म नगरेको उनले बताए। 

छिमेकी लीलाका अनुसार मोहनले पटकपटक भाउजू रोशनीलाई पख तलाई मार्छु भनेर धम्की दिने गरेका थिए। तेरै कारण मेरो परिवार बिग्रियो भन्दै उनले पटकपटक मार्ने धम्की दिने दिएको रोशनीले लीलालाई सुनाएकी रहेछिन्। लीला भन्छिन्, ‘दाजुभाइको झगडा भइरहन्थ्यो। तर यसरी मान्छे नै मार्छन् जस्तो लागेको थिएन्।’

हत्या आरोपित मोहनका तीन दाजुभाइ छन्। तीनै जनाको एउटै आँगन छ। घर लगभग जोडिएको छ। आर्थिक विषय र लेनदेनमा कुनै विवाद थिएन। कतिसम्म भने उनीहरु छुट्टिएपछि पनि चाडपर्वमा एकै ठाउँमा बसेर खाना खाने गर्थे। स्थानीयका अनुसार देवर मोहन र भाउजू रोशनीबीच २०७४ सालबाट सम्बन्ध बिग्रिएको हो। 

केही वर्षअघि देवर मोहनकी पत्नी बिरामी परेपछि मोहनले कुनै जान्ने भनिएकी ‘माता’लाई देखाएको र माताले मोहनकी पत्नी बिरामी हुनुमा भाउजू रोशनीले तन्तरमन्तर गरेर बिरामी पारेको भनेपछि खटपट सुरु भएको थियो। 

‘माता’ले तेरै भाउजूले तेरी पत्नीलाई बिरामी बनाएको हो भनेर मोहनलाई भनेपछि त्यसकै विश्वासमा लागेर मोहनले भाउजूलाई बोक्सीको आरोप लगाउँदै आएका थिए। त्यही विषय अहिले हत्याको अवस्थामा पुगेको हुन सक्ने स्थानीयको अनुमान छ। 

आफन्त पनि रोशनीको हत्या बोक्सीकै आरोपमा भएको हुन सक्ने बताउँछन्। हत्या आरोपित मोहनका दाजु नाता पर्ने इन्द्र श्रेष्ठ रोशनीको हत्या हुनुमा माता भन्नेको भूमिका मुख्य रहेको बताउँछन्। उनका अनुसार ‘माता’ ले घरमै आएर तेरी भाउजूले टुनामुना गरेर तेरी श्रीमतीलाई बिरामी पारेको भनेपछि मोहन भाउजूसँग झगडा गर्न सुरु गरेका थिए। उनीहरुबीच आर्थिक लेनदेन र अन्य विषयमा विवाद थिएन। 

प्रहरीले भने मोहनले बोक्सीकै आरोपमा रोशनीको हत्या गरेको वा अन्य कारण हो भन्ने विषयमा केही बोलेका छैनन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पहिलादेखि नै मनमुटाव देखिए पनि हत्या भने आवेशमा आएर भएको देखिएको छ। अन्य विषयमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Apr 19, 2021| 12:35 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।