शुक्रबार, असार २६, २०८३

सिरी एमा युभेन्टसको अर्को पराजय

चौंथो स्थानको एटलान्टासँग पराजित हुँदै सिरी एको डिफेन्डिङ च्याम्पियन युभेन्टस तेस्रो स्थानबाट एक स्थान तल झरेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – चौंथो स्थानको एटलान्टासँग पराजित हुँदै सिरी एको डिफेन्डिङ च्याम्पियन युभेन्टस तेस्रो स्थानबाट एक स्थान तल झरेको छ।

एटलान्टाको मैदानमा आइतबार राति सम्पन्न खेलमा १–० गोलले पराजित हुँदै युभेन्टस चौंथो स्थानमा खस्दा घरेलु टिम भने एक स्थान माथि उक्लिएको हो।

निकै प्रतिस्पर्धात्मक खेलको अधिक समय बल नियन्त्रणमा रहे पनि प्रहारमा पछि परेको युभेन्टसले अन्तिम समयमा गोल बेहोरेको हो। योसँगै उनले तीन अंक गुमाएको छ। खेलको पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो।

दास्रो हाफको लामो समय पनि गोलबिहीन बन्दा निर्धारित समयको तीन मिनेटअघि मात्र रुस्लान मलिनाव्स्कीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। उनको त्यो गोल नै खेलको निर्णायक बन्यो।

यो जितसँगै एटलान्टाले  ६४ अंक बनाएको छ भने युभेन्टसको ६२ अंक छ। गएरातिकै अर्को खेलमा भने दोस्रो स्थानको एसी मिलानले जिनोआलाई २–१ गोलले हराएको छ।

त्यो जितसँगै मिलानले ६६ अंक बनाएको छ। यद्यपी मिलन शीर्षस्थानको इन्टर मिलनभन्दा ९ अंक पछि छ।

प्रकाशित: Apr 19, 2021| 01:56 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।