शुक्रबार, असार २६, २०८३

धवनको बिस्फोटक ब्याटिङमा दिल्लीले पञ्जाबलाई हरायो

१९६ रनको विशाल लक्ष्य पाएको दिल्ली क्यापिटलका शिखर धवनले उत्कृष्ट पारी खेलेपछि १८ ओभर दुई बलमा चार विकेट गुमाएर दिल्लीले १९८ रन बनाउँदै लक्ष्य पुरा गरेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – १९६ रनको विशाल लक्ष्य पाएको दिल्ली क्यापिटलका शिखर धवनले उत्कृष्ट पारी खेलेपछि १८ ओभर दुई बलमा चार विकेट गुमाएर दिल्लीले १९८ रन बनाउँदै लक्ष्य पुरा गरेको छ।

योसँगै दिल्लीले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको हो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाब किंग्सले पुरा ओभर खेल्दै चार विकेट क्षतिमा १९५ रन बनाएको थियो।

पञ्जाबका लागि ओपनिङ जोडी मयंक अग्रवाल र के एल राहुलले १२२ रनको सतकीय साझेदारी गरे। मयंक अग्रवाल ६९ रन बनाउँदै पेवेलिय फर्किए भने ६१ रन बनाएका राहुललाई कागिसो बराडाले मार्कस स्टोइनिसबाट क्याचआउट गराए। पञ्जाबा दिपक होडाले पनि २२ रन जोडे।

दिल्लीका लागि क्रिस वोक्स, लुकम मेरिवाल, कागिसो रबाडा र अभेष खानले समान १–१ विकेट गिराए।

जवाफी ब्याटिङमा आएको दिल्लीका धवनले ९२ रनको अर्धसतकीय इनिङ खेले। त्यस्तै, पृथ्वी श ले ३२, मार्कस स्टोइनिसले विजयी चौका प्रहार गर्दै २७ रन बनाए।

पञ्जाबका जी रिकार्डसनले दुई विकेट लिँदा अर्ष दिप सिंह र रेलिय मेरेडिथले समान १–१ विकेट गिराए।

यो जितसँगै दिल्लीले आईपीएलमा चार अंक बनाएको छ भने पञ्जाबको दुई अंक छ।

प्रकाशित: Apr 19, 2021| 01:37 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।