शुक्रबार, असार २६, २०८३

टी २० सिरिजमा नेपाल र मलेसिया भिड्दै

कमजोर मानिएको मलेसियासँग २०७६ को फागुनमा खेलेयता नेपालले उसँग टी–२० खेलेको छैन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – कमजोर मानिएको मलेसियासँग २०७६ को फागुनमा खेलेयता नेपालले उसँग टी–२० खेलेको छैन्।

एसीसी इस्टर्न रिजनको एक खेलमा नेपालले मलेसियसँग २२ रनको हार बेहोरेको थियो। आज नेपाललाई त्यो हारको बदला लिने अवसर छ।

किनभने नेपालले आमन्त्रण गरेको ट्राई नेसन्स टी–२० सिरिजअन्तर्गत त्रिवुभन विश्वविद्यालयको क्रिकेट मैदानमा आज फेरि यी दुई टिम भिड्दैछन्।

दिउँसो सवा १ बजेबाट सुरु हुने प्रतियोगितामा नेपाल दोस्रो जितको खोजिमा हुनेछ भने पहिलो खेलमा हार बेहोरको मलेसिया पहिलो जितको खोजिमा हुनेछ।

आईसीसी टी–२० बरियतामा ३ औं स्थानको मलेसियाले पछिल्लो समय निकै राम्रो प्रस्तुति दिँदै आएको छ। उसले पछिल्ला तीन खेल हारे पनि त्यसअघिका तीन खेलमा आफूभन्दा बलिया टिमलाई समेत हराएको थियो।

यसकारण मलेसियालाई हराउन आज नेपाललाई ठूलो चुनौति हुनेछ। यता घरेलु मैदान र समर्थकको फाइँदा लिइरहेको नेपालले यो लिगमा राम्रो गरे पनि यसअघिको लिगमा खराब प्रदर्शन गरेको थियो।

थाइल्यान्डमा सम्पन्न एसीसी इस्टन रिजनमा नेपालले तीन हार र एकमात्र जित निकालेको थियो। यसकारण नेपालले पछिल्ला पाँच खेलमा दुई जित र तीन हार बेहोरेको छ।

त्यसअघि नेपालकोले १३औं दक्षिण एसियाली खेलकुदमा भने तीन जित निकालेको थियो।

मलेसियाको पनि अवस्था उस्तै छ। उसले पछिल्ला पाँच खेलमा दुई जित र तीन हार बेहोरेको छ। तर, मलेसियाले त्यसअघि हङकङविरुद्ध खेलेको पाँच खेलको सिरिज क्लिन स्विप गरेको थियो।

त्यस्तै, नेपाल र मेसियाबीच आठ टी–२० (चार टी–२० र चार टी–२० आई) खेल भएका छन्। त्यसमा नेपालले ६ खेलमा जित निकालेको छ भने दुई खेलमा मलेसिया हाबी भएको थियो।

प्रकाशित: Apr 19, 2021| 01:27 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।