सोमबार, असार २९, २०८३

'तल्ला कमिटीको गठनका लागि जनार्दनको फर्मुला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले तल्लो तहको कमिटी प्रतिशतभन्दा आवश्यकताका आधारमा निर्माण गरिने बताएका छन् । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले एमाले र माओवादी केन्द्रका कमिटीलाई समायोजन गरिने बताए । दुर्इ वर्षमा महाधिवेशन गर्ने बताउँदै उनले प्रदेश र अन्य तहका कमिटी गठनका लागि कार्यदल बनाइएको र कार्यदलले स्थायी कमिटीमा रिपोर्ट बुझाएपछि माथिबाटै निर्णय हुने जानकारी दिए। नेकपाको नौ सदस्यीय सचिवालयको संख्या विस्तार गरी ११ पुर्‍याउने विषय गलत रहेको शर्माले बताए । 

कर्णाली प्रदेशमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेका कम आयोजना भएका कारण कम बजेट आएको भन्दै डीपीआर निर्माणको काम प्रदेश सरकारले तत्काल गर्ने र आगामी वर्षमा केन्द्र सरकारले बजेट लगानी गर्ने बताए । 

प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने उनको भनाइ थियो । 'सबै कर्णालीवासीले सरकारले देखेको सपना साकार पार्न सहयोग गर्नुपर्छ,' उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।